site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक सद्भावमा आगो लगाउने तत्त्वसँग सजग हुनुपर्छ : पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भावमा आगो लगाउने तत्त्वदेखि सजग हुनुपर्ने बताएका छन् ।

शनिबार (फागुन २४) एमाले मुख्यालय च्यासलमा पार्टीको मधेस प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले मुलुकमा मिलेर बसेको समाज र सामाजिक सद्भावमा आगो लगाउने तत्त्व रहेको भन्दै सजग हुनुपर्नेमा जोड दिएका हुन् ।

एउटा जाति, धर्मको विरुद्ध अर्कोलाई उक्साउने अपराधपूर्ण साजिसको एकताबद्ध भएर खबरदारी गर्नुपर्ने उनको भनाइ थियो ।

उनले मुलुकको सामाजिक सद्भाव खलबलिए देश नै नरहने खतरा रहेको बताए ।

होली पर्वको सांस्कृतिक र सामाजिक महत्त्व धेरै रहेको उनले उल्लेख गरे । सामाजिक सद्भाव र भाइचारा कायम गरी होली मनाउनुपर्ने उनले बताए । हिमालयन टेली भ्वाइस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro