site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दोस्रो विश्वयुद्धको नपड्किएको बम भेटिएपछि पेरिसमा रेल सेवा रद्द

काठमाडौं । फ्रान्सको एउटा रेल स्टेसननजिक दोस्रो विश्वयुद्धको नपड्किएको बम भेटिएको छ । त्यसपछि त्यहाँ रेल सेवा रद्द गरिएको छ । पेरिसको गारे डु नोर्ड स्टेसनमा युरोस्टार र स्थानीय रेल सेवा रद्द गरिएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, रातभरि काम गर्ने क्रममा सेन्ट–डेनिस क्षेत्रमा ‘ट्रयाकका बीचमा’ बम फेला परेको थियो । यस्ता क्षेत्रमा विस्फोट नभएका युद्धकालीन बम फेला पर्नु असामान्य नभएको बीबीसीले जनाएको छ ।

लन्डन र पेरिसबीचको रेल सेवा रद्द गरिएपछि युरोस्टारले आफ्नो यात्रा फरक मितिका निम्ति तय गर्न आग्रह गरेको छ । यात्रुलाई अर्काे जानकारी नगराएसम्म सेवा रोकिएको सूचना दिइएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro