site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : शंकर पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थिर सरकार बने मात्रै राजनीतिक स्थायित्व हासिल गर्न सकिने बताएका छन् । अस्थिरताको दुश्चक्रबाट नेपाललाई बाहिर ल्याउन एमालेले संकल्प गरेको उनले उल्लेख गरे ।

नेकपा (एमाले)ले अघि सारेको वडाकेन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत आज बागलुङ जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पटक पटक गठबन्धन र सरकार फेरिँदा देशमा अस्थिरता आएको बताए । अवसरवाद र सौदाबाजीका कारण देशमा सरकार टिक्न नसकेको उनको भनाइ थियो ।

महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र)को दोष एमाले र कांग्रसले लिन नसक्ने बताए । अहिलेको गठबन्धनले स्वार्थका लागि सरकार चलाउने परिपाटीको अन्त्य गरेको उनको भनाइ थियो । राजनीतिक स्थिरताका लागि ठूला दल एक हुनुको विकल्प नभएको उनले बताए ।

जिल्लास्तरिय अभिमुखीकरण कार्यक्रमपछि पार्टी गतिविधि र संगठन सुदृढीकरणलाई वडा हुँदै टोल तहमै पुर्‍याइने एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro