site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोकतन्त्रको विकल्प अरु केही हुन सक्दैन : गृहमन्त्री लेखक
फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प अरु केही हुन नसक्ने बताएका छन् ।

डडेल्धुराको पर्शुराम नगरपालिकामा आयोजित ‘पर्शुराम साहित्य महोत्सव’को आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले राजतन्त्र फर्किने सम्भावना नरहेको बताए । जनताको स्वतन्त्रताको कुनै विकल्प नरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए ।

“देशमा गणतन्त्र आएको छ, केही व्यक्तिले राजतन्त्र पुनःस्थापनाको कुरा गर्दैछन्, लोकतान्त्रिक व्यवस्थामा अब राजतन्त्रमा फर्किने सम्भावना छैन । निकै त्याग र तपस्याबाट यो ठाउँमा पुगिएको हो, अब यो ठाउँबाट पछाडि होइन अगाडि बढ्ने हो,” उनले भने ।

गृहमन्त्री लेखकले समाजमा क्रान्तिकारी परिवर्तनका लागि साहित्यको योगदान आवश्यक रहेको बताए । “संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठूलो योगदान छ,” उनले भने । समाज र विज्ञान कहिल्यै पछाडि नफर्किने उनको भनाइ थियो ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro