site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिचौलियाको मतियार बनेर गभर्नर नियुक्त भए ‘ब्ल्याक लिस्ट’मा पर्छाैं : सांसद वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको गभर्नर दबाब र प्रभावमा परेर नियुक्त गर्न नहुनेमा जोड दिएका छन् । बुधबार (फागुन २१) प्रतिनिधिसभा बैठकमा उनले अन्तर्राष्ट्रिय छवि र लामो अनुभव भएका व्यक्तिलाई गभर्नरमा नियुक्त गर्नुपर्ने बताएका हुन् ।

“अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ, स्वच्छ अन्तर्राष्ट्रिय छवि भएको, परिपक्वता भएको, दशकौँ आर्थिक प्रशासनमा अनुभव भएको र दक्षता भएको मानिसलाई त्यहाँ नियुक्ति गर्नुहोला,” उनले भने ।

गभर्नर नियुक्तिमा हेलचेक्र्याइँ गरिए नेपाल ‘ब्ल्याक लिस्ट’मा पर्न सक्ने भन्दै उनले सचेत गराए । “बिचौलियाको मतियार र उसले प्लान गरेको पात्रलाई राष्ट्र बैंकमा पुर्‍याउनुभयो भने हामी फाइनान्सियल एक्सन ट्याक्सफोर्सको ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा पर्छाैं,” उनले भने ।

उनले यसअघिका नियुक्तिमा भागबन्डा गरिएको उल्लेख गरे । राष्ट्र बैंकमा पनि त्यस्तो जोखिम रहेको उनले औँल्याए । “सेबोनमा कुन प्रक्रियाबाट कस्तो सर्तमा कसको सौजन्यमा अध्यक्ष नियुक्त भयो ? बिमा प्राधिकरणमा के गर्नुभयो ? अब डरलाग्दो कुरा राष्ट्र बैंक पनि कब्जामा गर्ने दूरनियतका साथ केही अभियानहरू चलिरहेका छन्,” सांसद वाग्लेले भने ।

राजनीतिक मिलेमतोमा राज्यका सबै निकाय कब्जा भइरहेको उनको भनाइ थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro