राजनीति

काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, ०८१ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकबाट अध्यादेश स्वीकृत भएको हो । सांसदहरूले राखेको अध्यादेश अस्वीकारको सूचना अस्वीकृत भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश स्वीकृतको प्रस्ताव राखेका थिए । अध्यादेश बहुमतले स्वीकृत भएको हो ।
यो अध्यादेश माघ १८ गतेको संसद् बैठकमा प्रस्तुत भएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१ १६:००
प्रतिक्रिया दिनुहोस्