site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराट गोल्डकप : एपीएफ क्वार्टर फाइनलमा

विराटनगर । विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफ विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ । 

सहिद रंगशालामा मंगलबार भएको रात्रिकालीन खेलमा भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई टाइब्रेकर हराउँदै एपीएफ विजयी भएको हो । ट्राई ब्रेकरमा एपीएफले ५–३ गोल अन्तरले पाहुना टोलीलाई निराश बनायो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन सकेन ।‌
 
टाइब्रेकरमा एपीएफका लागि मणिकुमार लामा, सविन गुरुङ, सुमन श्रेष्ठ, दीपेश धिमाल र अनिल श्रेष्ठले गोल गरे ।

शुभेदा दिल्लीका तर्फबाट राहिथ, पीसी र उदितको प्रहार गोलमा परिणत भयो । रमेशको प्रहारमा एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले रोके । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भए । 

प्रतियोगितामा भारतका दुई र नेपालका चर्चित आठ टिम सहभागी छन् । बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक मोरङ रिजालको एफएबीच खेल हुनेछ ‌।

प्रतियोगिताको विजेताले ११ लाख, उपविजेताले पाँच लाख, उत्कृष्ट प्रशिक्षकले १५ हजार, सर्वाधिक गोलकर्ताले १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई १५ हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ पुरस्कार दिइने फुटबल आयोजक समिति संयोजक नवीन रिजालले बताए ।

यसपटकको नारा ‘विराटनगरको साथ फुटबलको विकास’ राखिएको छ । प्रतियोगिता फागुन २८ गतेसम्म चल्नेछ । अघिल्लो संस्करणको उपाधि मोरङ ११ ले जितेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  २२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro