site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएलको दोस्रो संस्करणका निम्ति लुम्बिनीले गर्‍यो ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका निम्ति लुम्बिनी लायन्सले ६ खेलाडीलाई रिटेन गरेको छ ।

एनपीएलको फ्रेन्चाइजमध्येको एक लुम्बिनीले बुधबार एक विज्ञप्ति जारी गर्दै मार्की खेलाडी रोहितकुमार पौडेलसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिशेष गौतमलाई रिटेन गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैयाँ, विकाश अग्री र आरिफ खानलाई रिलिज गरेको जनाएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डरमा एनपीएलको दोस्रो संस्करण नोभेम्बरमा हुने जनाएको छ । तर, हालसम्म निश्चित मिति भने सार्वजनिक भएको छैन ।

यसअघि गत वर्ष मंसिरमा भएको प्रतियोगिताको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्