site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडक : तुइन खोलामा दुई घण्टा बन्द गरिँदै बाटो

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै आज (असार १२) दुई घण्टा बाटो बन्द गरिने भएको छ । त्यहाँ बिहान ११ देखि दिउँसो १ बजेसम्म करिब दुई घण्टा सवारी आवागमन बन्द गरिने सडक डिभिजन भरतपुरले जानकारी गराएको छ ।

उक्त स्थानमा पहिरोको जोखिम छ । कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र सम्भावित दुर्घटना हुन सक्ने सडक डिभिजनले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“उक्त सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि डिभिजनबाट लङ बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने कार्य रहेको हुँदा आज मिति २०८२/०३/१२ गते बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म करिब दुई घण्टाजति सवारी आवागमन बन्द रहने कुराको जानकारी गराईन्छ,” सडक डिभिजनको सूचनामा उल्लेख छ ।

उक्त अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्न पनि सडक डिभिजनले आग्रह गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्