खेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाल पुलिसको सहायक हवल्दार पदबाट राजीनामा दिएका छन् ।
नेपाल पुलिसका डीआईजी विनोद घिमिरेले दीपेन्द्रले बुझाएको राजीनामा स्वीकृत भएको जानकारी दिए । राजीनामा बुझाइनुको कारण भने खुलाइएको छैन ।
नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका दीपेन्द्र यसअघि २०८० असोजमा सहायक हवल्दारमा बढुवा भएका थिए ।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ १६:३३
प्रतिक्रिया दिनुहोस्