site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढीमा ओलावाले निरन्तर

काठमाडौं । नेपाल सुपर लिगमा धनगढी फुटबल क्लबले अफ्रिकन फरवार्डअफिज ओलेवालेलाई निरन्तरता दिएको छ । धनगढी फुटबल क्लबले तेस्रो संस्करणको निम्ति अफ्रिकन फरवार्ड अफिज ओलेवालेलाई पुनः अनुबन्ध गरेको हो ।

३० वर्षीय ओलेवाले दोस्रो र तेस्रो संस्करणको एनएसएलमा पनि धनगढी एफसीमा अनुबन्ध भएका थिए ।

धनगढीले एनएसएलको तेस्रो संस्करणका निम्ति क्रितिशरत्न छुँजुलाई मार्की खेलाडीको रूपमा अनुबन्धित गरेको छ । क्लबले लेबनानी फवार्ड अहमद हिजीलाई पनि क्लबमा फर्काएको छ । देवेन्द्र तामाङ, जर्ज प्रिन्स कार्की, पासाङ लामा, विवेक पौडेल, जियार शेख, रन्दीप फुँयाल, रामचन्द्र वाजी, प्रशान्त लक्षम, अशोक खवासलाई टिममा अनुबन्द गरेको छ ।

धनगढीको मुख्य प्रशिक्षकमा एएफसी प्रो र्लासेन्स प्राप्त स्पेनिस प्रशिक्षक जुआन म्यानुएल मार्टिनेज नियुक्त भएका छन् ।

ओलेवालेको आगमनले टोली बलियो बन्ने विश्वास धनगढी एफसीले लिएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro