site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यूनतम पारिश्रमिक नदिइए कारबाही : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउन हरेक व्यक्तिले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताएका छन् । मंगलबार (फागुन २०) ट्रेड युनियन आन्दोलनको ७८औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका छन् ।

आफ्नो ठाउँबाट सकेको काम गरेर सघाइए देश बन्न समय नलाग्ने उनले उल्लेख गरे । “सरकारतिर मात्रै हेर्ने होइन, हामी हरेकले जुन ठाउँमा उभिएर जे काम गर्न सक्छौँ, त्यो गर्नुपर्छ देश बनाउनका लागि,” उनले भने ।

जसरी पनि विरोध गरेर राम्रो काम गर्न नदिने परिपाटी हुनु दुःखद भएको उनले बताए । राम्रो कार्य गर्नेलाई झुटो आरोप लगाउने, काम गर्न नदिने परिपाटी विकसित भइरहको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले यसअघि प्रधानमन्त्री बन्दा आफूले १०१ ऐतिहासिक काम गरेको जिकिर गरे ।

“...एक लाखभन्दा बढी एसईई दिने विद्यार्थीलाई ४८ प्रतिशत मात्रै पास हुने स्थिति नहोस् भनेर उनीहरूलाई अनलाइन क्लास दिइरहेको छ । युवाहरूको ठूलो साथ, सहयोग र सहभागिता छ,” उनले भने, “यसपटक कम्तीमा ६० प्रतिशत नतिजा पुर्‍याउने उद्देश्य मैले राखेको छु ।”

न्यूनतम पारिश्रमिक नदिइए कारबाही : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले अझै न्यूनतम ज्यालाका निम्ति लड्नुपर्ने अवस्था रहेको बताए । कतिपय गैरसरकारी अस्पतालमा नर्सहरूले न्यूनतम पारिश्रमिक नपाएको गुनासो आफूले सुनेको उनले उल्लेख गरे ।

उनले न्यूनतमभन्दा कम पारिश्रमिक दिएर काममा लगाउन नपाइने र त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिए । पारिश्रमिक कुनै पनि बहानामा न्यूनतमभन्दा कम दिन नपाइने उनले स्पष्ट पारे ।

“...यो न्यूनतम पारिश्रमिकभन्दा तलको पारिश्रमिक दिएर काममा लगाउन कतै पनि पाइँदैन,” उनले भने, “यो दण्डनीय कानुन लाग्ने विषय बनाउनु पर्दछ । पारिश्रमिक कुनै पनि बहानामा न्यूनतमभन्दा तल दिन पाइँदैन ।”

रोजगारीका अवसर उद्यमशिलताबाट सिर्जना गर्न सकिने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro