site stats
बाह्रखरी :: Baahrakhari
देश
ग्रीस पठाइदिने भन्दै २८ लाख ‘ठगी’, गोरखाका बराम पक्राउ
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । वैदेशिक रोजगारीमा ग्रीस पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–४ का ३८ वर्षीय राजेश बराम छन् । काठमाडौंको सोह्रखुट्टेबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ का तीन युवालाई अल्बानिया हुँदै ग्रीस पठाइदिने भन्दै करिब २८ लाख रुपैयाँ ठगी गरेर फरार भएको उनीमाथि आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

“अभियुक्त बरामले तीन युवासँगै अरू मानिसहरूलाई पनि ठगी गरेको अनुसन्धानमा देखिएको छ,” कार्यालयका एसपी काजीकुमार आचार्यले  भने, “यो ठगीलाई भिजिट भिसासित जोड्नुपर्ने कुनै कारण र प्रमाण, तथ्य छैन ।”

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्