site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवन निकुञ्जमा असार १५ देखि जीप सफारी बन्द

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जीप सफारी बन्द गरिने भएको छ । वर्षासँगै निकुञ्जभित्र जीप जान असहज हुने भएकाले सफारी बन्द गर्न लागिएको हो ।

निकुञ्जले हरेक वर्ष बर्खाको समयमा सफारी बन्द गर्ने गर्छ । र, चाडपर्व सुरु हुँदै गर्दा असोजको तेस्रो सातातिर सफारी खुला गरिन्छ । वर्षा लम्बिए सोहीअनुसार खोल्ने समय पछाडि सार्ने गरिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, गत वर्ष असार १६ गतेदेखि जीप सफारी बन्द गरिएको थियो । असोज २४ गते फूलपातीदेखि पुनः सञ्चालनमा ल्याइएको थियो ।

उनका अनुसार, वर्षाले बिगारेको सडक मर्मतसम्भार गरेर जीप सफारी खुला गरिन्छ । मध्यवर्ती सामुदायिक वनमा भने जीप सफारी नरोकिने उनले बताए । निकुञ्जभित्र पैदलयात्रा, घडियाल प्रजनन केन्द्र अवलोकनलगायत पर्यटकीय गतिविधि पनि नियमित सञ्चालन गरिने उनले जानकारी दिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार, विश्वभरका यस्ता निकुञ्जमा हरेक वर्ष केही महिना सर्वसाधारणका निम्ति बन्द गर्ने गरिन्छ । त्यसबाट निकुञ्जभित्रका वन्यजन्तुलाई बाधा नपुग्ने र जीपनयापन सहज हुने उनले जानकारी दिए ।

वर्षायाममा बाढी आउने र खोलाखोल्सा बढ्ने, रुख ढल्ने, बाटो समेत चिप्लो र हिलो हुने, घाँस र झाडी बढेर जंगली जनावर समेत नदेखिने उनको भनाइ छ । रासस

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्