site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले मोरङको निर्वाचन तालिका सार्वजनिक, मनोनयनको विवाद मिलेन

विराटनगर । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । कोसी प्रदेशको राजधानी विराटनगरमा एमालेको दशौँ जिल्ला अधिवेशन भइरहेको छ । निर्वाचन प्रक्रिया थाल्न सोमबार कार्यतालिका सार्वजनिक गरिएको हो ।

तालिका अनुसार, सोमबार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया प्रारम्भ भइसकेको छ । निर्वाचन मण्डलले आइतबार साँझ नै निर्वाचनसम्बन्धी काम थाल्ने तयारी गरेको थियो ।

तर, मनोनीत गरिएका ४६ जना अधिवेशन प्रतिनिधिको नामावलीको विषयमा इतर समूहले विरोध जनाएको थियो । आइतबारको बन्दसत्रमा एकलौटी ढंगले प्रतिनिधि मनोनीत गरेको भन्दै इतर समूहले हलभित्रै नाराबाजी गरेको थियो । त्यसपछि बन्दसत्र रोकिएको थियो ।

प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले अब कार्यतालिका प्रभावित नहुने गरी प्रक्रिया अघि बढाउने आफूहरूको प्रयास रहने बताए । तर, समस्या समाधान नगरी कार्यतालिका आएकोमा आफूहरूको सहमति नरहेको इतर समूहका एक नेताले बताए ।

सोमबार बिहान १० बजेपछि मनोनयन दर्ता गर्ने र दिउँसो २ः४५ बजेदेखि ५ बजेसम्म नयाँ नेतृत्वका लागि मतदान गर्ने कार्यसूची छ । मतदान गणना भने एमाले जिल्ला कार्यालय पाञ्चनालीको भवनमा हुने तय भएको छ । 

अविधेशनबाट नेतृत्वमा जान संस्थापनबाट राजकुमार ओझा र इतर समूहका अजम्बर राई चुनावी मैदानमा उत्रिएका छन् । ओझा केपी ओली र राई विद्यादेवी भण्डारी निकट मानिन्छन् । 

संस्थापनबाट उपाध्यक्ष शान्ति भुजेलल र सचिव रविन थापा हुने बताइएको छ । यसैगरी इतरबाट उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिवमा उषा झा र सन्तोष वान्तवालाई उठाउने तयारी रहेको बताइन्छ । अधिवेशनबाट १६५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन हुनेछ । जसका लागि ९१४ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

Morang-UML1-1740975562.jpg

Morang-UML2-1740975562.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro