site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपाल भन्छन् – प्रधानमन्त्री संविधान मिच्ने कुरामा उस्ताद

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संविधान मिच्ने उस्ताद भएको टिप्पणी गरेका छन् । जसपा नेपालले काठमाडौंमा आयोजना गरेको भूमिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशबारे अन्तरक्रिया कार्यक्रममा उनले ओलीलाई कानुनसँग मतलब नभएको बताए । 

“अहिलेका प्रधानमन्त्रीजी संविधान मिच्ने र मिचेर चल्ने कुराको उस्ताद हुनुहुन्छ । त्यो गर्ने कुराप्रति गौरवबोध गर्नहुन्छ । उहाँलाई संविधान, कानुन विधिसँग मतलव छैन,” उनले भने ।
  
नेपालले ओलीलाई व्यापक छलफलसँग मतलव नभएको बताए । राज्यका सञ्चालकहरूले नै विधिको पालना गरेनन् भने अरूलाई गर भन्ने नैतिक आधार नरहने उनको भनाइ छ ।

नेपालले सरकारले ल्याएको ६ वटामध्ये भूमि अध्यादेशको अन्तरवस्तु ठिक नभएको बताए । “अध्यादेश त आयो, त्यसको अन्तरवस्तु एउटा कुरा हो । यसको उद्देश्य पनि ठिक छैन, अरू अध्यादेशमा त यो यो राम्रो पनि भन्न सकिएला । यसको त अन्तरवस्तु पनि ठिक छैन, ६ वटा अध्यादेशमध्ये,” नेपालले भने, “तरिका, विधि ठिक अवलम्बन गरिएन, कानुनको सम्मान गरिएन भने त्यसले देशको विधिको शासनमाथि प्रहार गर्छ ।” 

उनले संविधानमा नभएको प्रावधानमा टेकेर संसद् भंग गरेको पुरानो नभएको बताए । नेपालले प्रतिपक्षी पार्टीले अध्यादेशको विरोध गरेर विशेष अधिवेशन बोलाउने भन्दै हस्ताक्षर अभियान सुरु गरेपछि मात्रै संसद् बैठक बोलाइएको दाबी गरे ।
 
नेपालमा भूमिसम्बन्धी समस्या भूमि अतिक्रमण, वन अतिक्रमणको प्रवृत्ति रहेको उनको भनाइ छ । पहिले सुकुम्बासी को हो भन्ने पहिचान हुनुपर्ने धारणा राखे ।
 
“को हो सुकुम्बासी ? को होइन ? करोडपति छ सुकुम्बासी ? कार, दुईतले घर छ सुकुम्बासी ? सबैभन्दा ठूलो समस्या भूमिहीन, दलित, मुसहर समुदायको समस्या छ,” उनले भने ।
 
उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा जानुपर्ने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro