site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री राणा सवार विमान कोलकाता ‘डाइभर्ट’
आरजु राणा । फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सवार विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि भारतको कोलकाता ‘डाइभर्ट’ गरिएको छ । मौसममा बदलीका कारण विमान अवतरण गर्न नसक्दा कोलकाता डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

दोहाबाट काठमाडौंका निम्ति आएको कतार एयरवेजको क्यूआर६५२ विमान कोलकाता डाइभर्ट गरिएको हो । शुक्रबार (फागुन १६) मौसम बदलीले काठमाडौंमा विमान उडान र अवतरणमा समस्या भएको उनले बताए । काठमाडौं उपत्यकाबाहिर पनि अधिकांश विमानस्थलमा ‘भिजिबिलिटी’को समस्या रहेको उनले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागी भएर परराष्ट्रमन्त्री राणा स्वीट्जरल्यान्डको जेनेभाबाट शुक्रबार स्वदेश फर्कंदै थिइन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  यही फागुन १० गते उनी जेनेभा प्रस्थान गरेकी थिइन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro