site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४०औँ वर्षमा प्रवेश, ३९ रुपैयाँमा खाता खोल्न सकिने

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड ४०औँ वर्षमा प्रवेश गरेको छ । ३९औँ वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले ग्राहक, संस्थापक, सेयरधनी, सञ्चालक समिति, नियामक निकाय, कर्मचारी र अन्य सरोकारवालालाई बैंकप्रति देखाइएको विश्वास र निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले बैंकले प्रदान गर्दै आएका वित्तीय सेवालाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि अपनाइएको बताउँदै डिजिटल बैंकिङ सेवाहरूलाई थप सशक्त पार्ने प्रतिबद्धता व्यक्त गरे । सीईओ पाण्डेले ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकवर्गहरूको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरू प्रस्तुत गरिरहने जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा बैंकले सात वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तकहरू प्रकाशन गर्दै आएको छ । ३९औँ वार्षिकोत्सवमा पनि बैंकले आफ्नो सातौँ संस्करण 'डिजिटल बैंकिङको जादु' नामक चित्र पुस्तक सार्वजनिक गरेको छ । उक्त चित्रकथाको एउटा महत्त्वपूर्ण उद्देश्य बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउनु र अर्को उद्देश्य अभिभावकहरूलाई आधुनिक डिजिटल बैंकिङ सेवाहरूको प्रयोग गर्न प्रेरित गराउनु रहेको बताइएको छ ।

३९औँ वार्षिकोत्सवमा बैंकले ग्राहकमाझ नयाँ बचत खाता ‘नव आयाम बचत खाता’ ल्याएको छ । जुन खाता ग्राहकले ३९ रुपैयाँ मौज्दातमै खोल्न सकिनेछ । यसमा ३९ रुपैयाँमा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, ३९ रुपैयाँमा भर्चुवल प्रिपेड कार्ड सुविधा, ३९ रुपैयाँमा डेबिट कार्ड सुविधा, ३९ रुपैयाँमा क्रेडिट कार्ड सुविधा र लकर सुविधामा पनि ३९ प्रतिशत छुट पाउनेछन् ।  

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले हाल २८३ शाखा कार्यालय, २६६ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६६ शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro