site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाशिवरात्रि तथा सेना दिवस सम्पन्न (तस्बिरहरूसहित)
Tiktok banner adTiktok banner ad

काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा सेना दिवस विविध कार्यक्रमसहित मनाइएको छ । आज बुधबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी सेना दिवस मनाइएको हो । 

राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सुरुमा राष्ट्रपतिले वीर स्मारकमा पुष्पहार चढाई सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । उनले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही–२०८१ विमोचन गर्नुका साथै फ्रीफल जम्पमा प्रथम र द्वितीय हुने क्रमशः सेनानी जगन्नाथ दनै र अमल्दार मित्र बहादुर राना मगरलाई पुरस्कार प्रदान गरे । 

कार्यक्रममा सांगीतिक प्रस्तुति दिने नेपाली सेनासहित मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्यान्ड टोलीका प्रमुखहरूलाई उनले उपहार प्रदान गरे । 

समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झन्डालगायत महाशिवरात्रि तथा सेना दिवसको ब्यानर प्रदर्शनसहित पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

सो अवसरमा प्रधानसेनापतिले गैरसैनिक क्षेत्रका व्यक्तित्वहरूलाई प्रधानसेनापति प्रशंसा निसान तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता–२०८१ मा प्रथम तथा द्वितीय हुने क्रमशः श्री उपत्यका पृतना र श्री उत्तर पश्चिम पृतनालाई पुरस्कृत गरे । 

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, पूर्वप्रधान सेनापतिहरू, मित्रराष्ट्र भारतका पूर्व स्थलसेनाध्यक्षहरू, नेपाल सरकारका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, राजदूतहरू, बहालवाला तथा अवकाशप्राप्त रथी तथा अधिकृतहरू, सैनिक सहचारीहरू, युवा आदान प्रदान कार्यक्रममा सहभागी विभिन्न देशका क्याडेट र सञ्चारकर्मीको उपस्थिति थियो ।

 

sena-diwas-(17)-1740568960.JPG

sena-diwas-(15)-1740568959.JPG

sena-diwas-(16)-1740568959.JPG

sena-diwas-(13)-1740568958.JPG

sena-diwas-(14)-1740568958.JPG

sena-diwas-(10)-1740568957.JPG

sena-diwas-(11)-1740568957.JPG

sena-diwas-(12)-1740568957.JPG

sena-diwas-(5)-1740568955.JPG

sena-diwas-(4)-1740568955.JPG

sena-diwas-(6)-1740568956.JPG

sena-diwas-(7)-1740568956.JPG

sena-diwas-(8)-1740568956.JPG

sena-diwas-(9)-1740568956.JPG

sena-diwas-(2)-1740568955.JPG

sena-diwas-(3)-1740568955.JPG

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro