site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लमजुङमा ३.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार (फागुन १२) बिहान ९ बजेर ११ मिनेटमा ३.१ म्याग्निच्युडको सानो धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

लमजुङको घनपोखरास्थित खुदीखोला आसपास केन्द्रविन्दु भएर भूकम्प गएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । “यो सानो धक्का हो, खासै मानिसलाई अनुभव हुँदैन,” उनले बाह्रखरीसित भने, “यो असर गर्ने खालको भूकम्प होइन ।”

केन्द्रले विशेष गरी चार म्याग्निच्युडदेखि माथिका भूकम्प/परकम्पबारे भाइबर, वेबसाइटमार्फत जानकारी गराउँदै आएको छ । कहिलेकाहीँ त्योभन्दा केही साना भूकम्प/परकम्पबारे पनि जानकारी गराउने गरेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro