site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सबैलाई नागरिकता दिने भएपछि कागजपत्र र दण्ड जरिवानामा कडाइ गर्नुपर्छ : मन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले सबैलाई नागरिकता दिने भइसकेपछि कागजपत्र र दण्ड जरिवानामा कडाइ गर्नुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रक्षामन्त्री राईले सबैलाई नागरिकता दिँदा भविष्यमा नेपालमा विभिन्न गतिविधि हुन सक्ने भएकाले कागजपत्रमा कडा निगरानी गर्न जरुरी बताए ।

उनले जन्मदर्ता गर्ने कर्मचारीले फर्जी वितरण गरे उसको बढुवादेखि जागिरमै समेत बन्देज गर्नेजस्ता प्रावधान राख्न सुझाव दिए । रक्षामन्त्री राईले अनलाइन प्रणालीमा जाँदै गर्दा झनै कडाइका साथ निगरानी गर्नुपर्ने बताए ।

Argakhachi Cement Island Ad

"अब हामीले नागरिकता सबैलाई दिने भनिसकेपछि अब डकुमेन्टमा टाइट गर्ने र जरिवाना र दण्ड कडा गर्नुपर्छ । जन्मदर्ता गर्ने कर्मचारीले, सचिवले जन्मदर्ता उसले फर्जी गर्‍यो भने उसको प्रमोसनदेखि जागिरमा के असर पर्ने हो त्यो गर्नैपर्छ," उनले भने ।

रक्षामन्त्री राईले आमा र बुवा दुवै नेपाली नै भएका नागरिकका सन्तानले मात्रै वंशजको नागरिकता पाउनुपर्ने बताए । बुवा नेपाली र आमा विदेशी भए फरक खालको नागरिकता दिन उचित हुने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्