site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रूपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित बनाउने बताएका छन् ।

काठमाडौं उपत्यका भौतिक विकास समितिको आइतबार सहरी विकास मन्त्रालयमा बसेको बैठकमा सिंहले काठमाडौंलाई व्यवस्थित गर्नका लागि काम सुरु गर्ने बताए ।

काठमाडौं कुनै बेला उर्बर कृषि भूमि रहेको भन्दै चाहेर नचाहेर अहिले अव्यवस्थित र कुरुप सहरका रूपमा विकसित हुन पुगेको भन्दै सिंहले विगतका कमजोरीहरूलाई सच्याउन समय लागे पनि काम भने अघि बढाउने बताए ।

“धान उब्जनी हुने खेतमा अहिले घरै घर बनेको छ । काठमाडौं अव्यवस्थित सहरका रूपमा विकसित भएकाले अब विस्तारै व्यवस्थित सहरका रूपमा लैजानका लागि हामीले कुनै न कुनै विन्दुबाट काम गर्नुपर्ने हुन्छ,” उनले भने ।

सिंहले अब बन्ने सहरहरूलाई व्यवस्थित गर्न सहरी नीति मन्त्रिपरिषद्बाट पारित भइसकेको बताए । सिंहले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरूलाई सरकारले पूर्णता दिने पनि बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro