site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सातबुँदेका मूल मुद्दामै सरकार असफल : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सातबुँदे सहमतिमा भएका मूल मुद्दामै सरकार असफल भएको बताएका छन् । कांग्रेस बाँकेले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले नेकपा (एमाले)सँग भएको सातबुँदे सहमतिअनुसार काम हुन नसकेको बताएका हुन् ।

“कांग्रेस–एमालेको सरकार बन्दा संविधानमा सुधार गर्ने, आर्थिक अवस्थामा सुधार ल्याउने र सुशासनको प्रत्याभूति दिलाउने गरी सातबुँदे सहमति भएको थियो । तर, सहमतिअनुसारको काम हुन सकेको छैन,” कोइरालाले भने, “विगतका झैँ यो सरकारलाई असफल हुन छुट छैन । कांग्रेसका नेता कार्यकर्ता सरकारलाई सफल बनाउन लाग्नुपर्छ । तर, सरकारले सात महिना बित्दा पनि जनताले चाहेका कांग्रेसका कार्यकर्ताले सोचेअनुसारको काम गर्न सकेन ।”

उनले संविधान संशोधनसँगै सुशासन र आर्थिक अवस्थाको सुधारमा सरकार परिणामहीन बसेको बताए । संविधानमा सुधार गर्ने मुद्दा पनि अलपत्र परेको कोइरालाले बताए । संविधान सुधारका लागि सबैको सहमति लिनुपर्नेमा सरकारले सहमति खोज्नेतर्फ कदम नै नउठाएको उनको आरोप थियो ।

“संविधानमा सुधार गर्न संयन्त्र बनेको छ । पाँचजना कांग्रेसबाट पाँचजना एमालेबाट रहने गरी संयन्त्र बनाएर संविधानमा सुधार गर्ने जमर्को पनि गरिएको छ,” कोइरालाले भने, “तर, संविधान भनेको सबै विचार र नागरिकको सहमतिको दस्ताबेज हो । दुईतिहाइ बहुमत भए पनि संविधानमा सुधार गर्दा सबैको सहमति लिन आवश्यक छ ।”

नेता कोइरालाले १५औँ महाधिवेशन ०८४ पछि गर्ने बहस कांग्रेसको हितमा नरहेको पनि बताए । उनले कांग्रेसलाई अस्तित्व संकटमा पुर्‍याउने षड्यन्त्रअन्तर्गत त्यस्तो बहस चलाइएको बताए । 

“कांग्रेसको १५औँ महाधिवेशन मंसिर ०८२ मा चार वर्ष पुग्छ । थप एक वर्ष लम्ब्याउन पाउने विधानको व्यवस्था छ,” कोइरालाले भने, “सभापतिजीकोमा केही साथीहरू गएर कांग्रेसको अधिवेशन ०८४ पछि गर्ने भनेर सभापतिलाई सुझाउँदै छन् । यसो भएमा कांग्रेसको अस्तित्व समाप्त हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro