site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुरमा तीन मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

भक्तपुर । सूर्यविनायक नगरपालिका–९, नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

ट्राफिक प्रहरी परिसर भक्तपुरका अनुसार, दुर्घटनामा रामेछापको सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सूर्यविनायक–९, काँक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । ठिमीस्थित मध्यपुर अस्पतालमा उनको उपचार भइरहेको छ ।

यस्तै, दुर्घटनामा घाइते भएका रामेछापको मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro