site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केआईआईटीमा नेपाली छात्रा मृत्यु प्रकरण : राष्ट्रियसभाले गरायो सरकारको ध्यानाकर्षण 

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा एक नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा आकस्मिक समयमा सदस्यहरूले नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनाको विषय उठाएका थिए । त्यसपछि अध्यक्षले सरकारको ध्यनाकर्षण गराएका हुन् । 

“यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी लम्साललाई  उचित न्याय प्रदान गर्न यथाशिघ्र गम्भीर रूपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,” उनले भने, “साथै उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित वातावरणमा निर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गर्दछु ।”

केआईआईटीको होस्टलमा आइतबार साँझ एकजना २० वर्षिया नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रिजस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न भनेको थियो । 

त्यसपछि सोमबार दिउँसो केआईआईटी विश्वविद्यालयमा अध्ययनरत पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टलबाट उठाएर विभिन्न रेल स्टेसनमा लगेर छोडिएको थियो । उक्त घटनाको भारत र नेपालमा आलोचना भएपछि विश्वविद्यालय प्रशासनले विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीलाई होस्टलमा फर्कन आग्रह गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro