site stats
बाह्रखरी :: Baahrakhari
देश
प्युठान–भालुबाङ, तम्घास–रिडी सडक, सहिदमार्ग अवरुद्ध
तम्घास–रिडी सडकमा पहिरो पन्छाउँदै सुरक्षाकर्मी ।

काठमाडौं । प्युठानमा मुख्य सडक अवरुद्ध भएको छ । प्युठान–भालुबाङ सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गए राति (भदौ १) प्युठानको माण्डवी गाउँपालिका–३, भर्‍याङगैरामा पहिरो खसेको हो । सुक्खा पहिरोका कारण प्युठान–भालुबाङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

तम्घास–रिडी सडक
गुल्मीमा तम्घास–रिडी सडक अवरुद्ध छ । रेसुंगा नगरपालिका–१३, भगेरीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सोमबार (भदौ २) बिहान करिब साढे ६ बजे उक्त सडकखण्डमा पहिरो खसेको हो । सडकमाथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सहिदमार्ग अवरुद्ध
रोल्पामा सहिदमार्ग अवरुद्ध छ । माडी गाउँपालिका–६, हार्निङमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आइतबार (भदौ १) राति करिब पौने ११ बजे उक्त स्थानमा पहिरो खसेको हो । अविरल वर्षासँगै पहिरो खस्दा रुकुम–घोराही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०७:१७
प्रतिक्रिया दिनुहोस्