site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभा बैठक बस्दै, ‘नेपाल प्रहरी विधेयक, २०८१’मा छलफल हुने 
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८०) र सातौँ वार्षिक प्रतिवेदन २०८०/८१’ पेस गर्नेछन् । 

सभामुख देवराज घिमिरेले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् । 

गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१’ माथि सामान्य छलफलका लासग प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रधानमन्त्री ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।
 
प्रधानमन्त्री ओलीले नै भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ०६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro