site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियन डलरको मूल्य कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ । 

युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा निर्धारण गरिएको छ । 

यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा कायम गरिएको छ । स्विस फ्र्यांक एकको खरिददर १५३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा तय गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रूपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा तोकिएको छ । 

सिंगापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३० पैसा र बिक्रीदर १०३ रूपैयाँ ७५ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
 
जापानी येन १० को खरिददर ९ रूपैयाँ ८ पैसा र बिक्रीदर ९ रूपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०८ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा तोकिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रूपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रूपैयाँ १९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९० पैसा तोकिएको छ । 

मलेसियन रिंगेट एकको खरिददर ३१ रूपैयाँ २६ पैसा र बिक्री दर ३१ रूपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६२ पैसा र बिक्रीदर नौ रूपैयाँ ६६ पैसा कायम गरिएको छ । 

स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९१ पैसा र बिक्रीदर १२ रूपैयाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४५ पैसा र बिक्री दर १९ रूपैयाँ ५३ पैसा तोकिएको छ ।
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ५० पैसा र बिक्रीदर ४५१ रूपैयाँ ४४ पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ३७ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ६० पैसा निर्धारण भएको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ । रासस

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro