site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युत् प्राधिकरणले समन्वय नगर्दा बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुट्यो : मन्त्री यादव
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौ । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको बताएका छन् ।

विद्युत्का तारहरू जमिनमा बिछ्याउनका लागि खन्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको सो क्षेत्रको अनुगमन तथा निरीक्षणका लागि त्यहाँ पुगेका मन्त्री यादवले बताए ।

सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री यादवले भने, “विद्युत् प्राधिकरणले सधैँ हामीसँग समन्वय गर्दै आएका थियो । आज समन्वय नगरेका कारण पाइप फुटेर क्षति हुन पुग्यो ।”

मन्त्री यादवले पाइपलाइन तत्काल मर्मत गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुखलाई निर्देशन दिइसकेको बताए । उनले भने, “फुटेको पाइप चाँडै मर्मत गरी पानी पठाउने छौँ ।”

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro