site stats
बाह्रखरी :: Baahrakhari
देश
बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

सोमबार (भदौ २) बिहान करिब पौने २ बजे बूढानीलकण्ठ–७, स्पेसलचोकमा मोटरसाइकल र स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ । प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल र वाग्मती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर ठोक्किएको हो ।

दुर्घटनामा दुवै साधनमा सवार पाँचजना घाइते भएका थिए । उनीहरूलाई उपचारका निम्ति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिरहाका २९ वर्षीय भोला थापा र परिचय खुल्न बाँकी रहेका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन घाइतेको उपचार जारी छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्