site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओमाडा एन्ड जेइकोले मनायो नेपालमा ८०० भन्दा बढी सवारीसाधनको उत्सव

काठमाडौं । ओमाडा एन्ड जेइको अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालभर सडकमा ८०० भन्दा बढी सवारीसाधन सञ्चालनमा ल्याएको घोषणा गरेको छ । ८०० भन्दा बढी सवारीसाधन बिक्रीमा ल्याएपछि काठमाडौंको उत्तरढोका सोरूममा कम्पनीले उत्सव मनाएको छ ।

कार्यक्रममा क्रिकेट खेलाडी एवम् ओमाडा एन्ड जेइकोका ब्रान्ड एम्बासडर दीपेन्द्रसिंह ऐरीले केक काटेका थिए । साथै, एसपीजी टीमीका निर्देशक गौरव शारडा, ग्रुप अध्यक्ष धिरेन तामाङ,  महाप्रबन्धक तथा सेल्स एन्ड मार्केटिङ प्रमुख ज्ञानेन्द्रबहादुर चन्द र महाप्रबन्धक तथा फाइनान्स प्रमुख राजेन्द्र तिमिलसेनाको उपस्थिति थियो ।

सडकमा ८०० भन्दा बढी सवारीसाधन पुग्न ग्राहकहरूको विश्वास र भरोसाको प्रतिफलको रूपमा लिइएको कम्पनीले जनाएको छ । ओमोडा एन्ड जेइको नवप्रवर्तन र गुणस्तरमा प्रतिबद्ध रहँदै, नेपाली बजारका आवश्यकताअनुसार उत्कृष्ट अटोमोटिभ समाधान दिन निरन्तर काम गर्ने प्रयास गरिरहेको कम्पनीले उल्लेख गरेको छ ।

एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमाडा एन्ड जेइको अटोमोबाइल्स लिमिटेडको नेपालको लागि आधिकारिक वितरक हो ।  

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro