![सानिमा बैंकले मान्मको विद्यालयमा बाँड्यो न्यानो लुगा](https://12khari.top/uploads/posts/Sanima-Bank-1694699366.jpg)
काठमाडौं । सानिमा बैंकले कालीकोटको एउटा विद्यालयमा न्यायो लुगा बाँडेको छ । बैंकको मान्म शाखाले खाँडाचक्र नगरपालिका–१ को कोइरेलगाउँस्थित श्री चिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा हस्तान्तरण गरेको हो ।
कार्यक्रममा मान्म शाखाका कर्मचारीले विद्यालयका विद्यार्थीलाई लुगा हस्तान्तरण गरेका थिए ।
चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीको पठनपाठनमा असर परेकाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ ।
शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतालगायत अन्य विभिन्न क्षेत्रमा जनतालाई प्रत्यक्ष फाइदा हुने गरी कार्यक्रम सञ्चालन गर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रम गर्दै जाने बैंकको भनाइ छ ।