site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चोरीको फोन कसले लिने भन्ने विषयमा विवाद : २३ वर्षीय संघर्षको हत्या, तीन पक्राउ

काठमाडौं । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको जिरीका २२ वर्षीय युनिक लामा, सिन्धुपाल्चोकका विशाल तामाङ र झापाको भद्रपुरका क्षितिज कार्की छन् ।

उनीहरूमाथि काभ्रेको धुलिखेलका २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको हत्या गरेको आरोप लागेको छ । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार, गौशालाको कुमारीगालस्थित महेश्वरीमार्गमा आइतबार राति दुई समूहबीच भएको झडपमा परी अमृत भनिने संघर्ष कार्कीको ज्यान गएको थियो । अनुसन्धानबाट घटनामा उनीहरू संलग्न रहेको पाइएको छ ।

प्रहरी अनुसन्धानका क्रममा चोरी गरिएको मोबाइल कसले लिने भन्ने विषयमा विवाद हुँदा उनीहरूबीच चक्कु हानाहान भएको देखिएको छ ।

पक्राउ परेकामाथि प्रहरी वृत्त गौशलाको टोलीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro