site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यान्सर रोग न्यूनीकरण गर्न सचेतना प्रवर्द्धन जरुरी : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर रोगलाई न्यूनीकरण गर्न सचेतना प्रवर्द्धनको काम गर्न जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा क्यान्सरविरुद्ध दशौँ साइकल र्‍यालीको उद्घाटन गर्दै मन्त्री पौडेलले नेपालमा धेरै व्यक्तिले क्यान्सरका कारण दुःख पाइरहेको र धेरैको निधन भएकाले क्यान्सर रोगलाई न्यूनीकरण गर्न सचेतना प्रवर्द्धनको काम गर्न जरुरी रहेको बताएका हुन् ।

क्यान्सर उपचारका लागि उपचारात्मक प्रणाली विकास गर्न अझै काम गर्न जरुरी रहेको उनले बताए । उनले क्यान्सरलगायत अन्य रोगको उपचारात्मक प्रणालीमा लगानी बढाउनुपर्ने धारणा राखे । 

मन्त्री पौडेलले नेपालीको शरीरमा क्यान्सरै प्रवेश नगर्ने स्थिति सिर्जना गर्न सचेतना फैलाउनुपर्नेमा जोड दिए । 

क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले नेपाल क्यान्सर केयर फाउन्डेसनको सहकार्यमा राइड फर लाइफ २०२५ सचेतना साइकल र्‍यालीको आयोजना गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro