site stats
बाह्रखरी :: Baahrakhari
खेल
लेवान्डोवस्कीसँगको विवादपछि पोल्यान्डका मुख्य प्रशिक्षक प्रोबियर्जले दिए राजीनामा

काठमाडौं । पोल्यान्डका मुख्य प्रशिक्षक माइकल प्रोबियर्जले पदबाट राजीनामा दिएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रशिक्षक प्रोबियर्जले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।

प्रशिक्षक प्रोबियर्जले पोल्यान्डका उच्च गोलकर्ता समेत रहेका रोबर्ट लेवान्डोवस्कीलाई कप्तानबाट हटाउने निर्णय गरेका थिए । प्रशिक्षकको यो निर्णयप्रति असन्तुष्ट लेवान्डोवस्कीले राष्ट्रिय टिमबाट नखेल्ने भन्दै सामाजिक सञ्जालमा लेखेपछि यो विषय चर्चामा आएको थियो । यही विवादका कारण उनले जिम्मेवारीबाट हट्ने निर्णय लिएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“म वर्तमान अवस्थामा राष्ट्रको हितका निम्ति मुख्य प्रशिक्षकको पदबाट राजीनामा दिने निर्णयमा पुगेको छु । प्रशिक्षकको रूपमा मैलै जे गरे, त्यो मेरा व्यावसायिक सपना थियो । यो अवसर मेरो लागि सबैभन्दा गर्विलो क्षण हो,” प्रशिक्षक प्रोबियर्जले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पोल्यान्ड फुटबल महासंघ (पीजेट्पीएन)ले विज्ञप्ति जारी गर्दै प्रशिक्षक प्रोबियर्जलाई आगामी यात्राको निम्ति शुभकामना व्यक्त गरेको छ । 

पीजेट्पीएनले यसअघि लेवान्डोवस्कीको स्थानमा प्रशिक्षक प्रोबियर्जको निर्णयमा जेलेन्स्कीलाई कप्तान बनाइएको जनाएको थियो ।

प्रोबियर्ज सन् २०२३ मा पोर्चुगिच प्रशिक्षक फर्नान्डो सान्तोषको स्थानमा प्रशिक्षक नियुक्त भएका थिए । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्