
काठमाडौं । एयर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । विमानस्थलका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "अहमदाबादबाट लन्डन, गेटविकका लागि उडान नम्बर एआई१७१ आज उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भयो । फलस्वरूप, सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल हाल बन्द छ । अर्को सूचना नभएसम्म सबै उडानहरू निलम्बित रहनेछन् ।"
"यात्रुहरूले विमानस्थलमा आइपुग्नुअघि आफ्नो एयरलाइन्ससँग पछिल्लो जानकारीको लागि जाँच गर्नु होला । हामी तपाईंको सहयोग र धैर्यताको लागि अनुरोध गर्दछौँ । थप जानकारी उपलब्ध हुने बित्तिकै तपाईंलाई प्रदान गरिनेछ," प्रवक्ताले भनेका छन् ।
एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थाल नजिक बिहीबार दुर्घटना भएको थियो । बीबीसी