site stats
बाह्रखरी :: Baahrakhari
देश
स्विस राजदूतले अवलोकन गरिन् काठमाडौं महानगरको सीप मेला

काठमाडौं । स्विस राजदूत डा. डेनियल मेउलीले काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सीप मेला अवलोकन गरेकी छिन् । 

उनले रोजगार र श्रम बजारका लागि यस प्रकारका व्यावसायिक तालिमको ठूलो महत्त्व रहेको बताइन् । “यसले युवाहरूमा अवसर प्रदान गर्छ । अवसर प्राप्त गरेकालाई क्षमता बढाएर आय पनि बढाउन मद्दत गर्छ,” उनले भनिन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजदूतलाई सीप मेला कार्यान्वयन समितिका संयोजक इन्जिनियर शैलेन्द्र झाले गएको वर्ष प्राप्त गरेको उपलब्धि र सिकाइबारे अवगत गराउँदै यस वर्ष अटिजम, डाउन सिन्ड्रोमजस्ता अपांगता भएका बालबालिकाका लागि सहजकर्ता र अभिभावकका लागि विशेष क्षमता सहयोगी तालिम थपिएको जानकारी दिए ।

यस्तै, प्रमुखको सचिवालय सल्लाहकार सन्तोष गिरीले यस वर्ष निजी क्षेत्रसँगको सहकार्यबाट दिगो नतिजा प्राप्त हुने अपेक्षा राखेको बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्