site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन वर्षमा १६६६ अनलाइन सूचीकृत
Tiktok banner adTiktok banner ad

काठमाडौं । पछिल्लो तीन वर्षमा प्रेस काउन्सिल नेपालमा एक हजार ६ सय ६६ अनलाइन सञ्चारमाध्यम सूचीकृत भएका छन् ।

नयाँ खुलेका अनलाइनका सम्पादक र सञ्चालकलाई पत्रकार आचारसंहिताको अभिमुखीकरण दिने क्रममा आज काउन्सिलले उक्त विवरण सार्वजनिक गरेको हो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले विभिन्न पृष्ठभूमिबाट सञ्चारक्षेत्रमा प्रवेश गर्नेलाई पत्रकार आचारसंहिताको दृष्टिकोणबाट लिइने यस्ता कक्षा उपयोगी हुने बताए । 

“स्वच्छ, मर्यादित, तथ्यपूर्ण र विवादरहित पत्रकारिताका लागि हरेक सञ्चारकर्मीले पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्छ,” उनले भने । 

प्रेसले पाएको स्वतन्त्रताको अर्थ जथाभावी अधिकार वा स्वच्छन्दता नभएको उल्लेख गर्दै उनले युट्युबसहित सामाजिक सञ्जाल प्रयोग गर्ने सबै सञ्चारमाध्यम जिम्मेवार हुनुपर्ने बताए । 

अग्रज पत्रकार एवं गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले विषयवस्तुमाथि सहजीकरण गरेका थिए । 

पर्याप्त मिहिनेतसहित निष्पक्ष ढंगले गरिने पत्रकारिताले विश्वसनीयता बढाउने अग्रज पत्रकार भट्टराईको सुझाव थियो । उनले पत्रकार तथा सञ्चारमाध्यमले गर्न नहुने विभिन्न कामका बारेमा प्रकाश पारे । 

भुसालले काउन्सिलले विभिन्न समयमा जारी गरेका सञ्चार निर्देशिकामा केन्द्रित रहेर अन्तरक्रिया गरेका थिए । विसं २०७८ चैतदेखि नियमित रूपमा सञ्चालन अभिमुखीकरण कक्षा सञ्चालन हुँदै आएको काउन्सिलका शाखा अधिकृत सुवास राईले जानकारी दिए । 

अनलाइन सञ्चारमाध्यम सञ्चालन हुनुअघि सञ्चालक र सम्पादकलाई अनिवार्य रूपमा अभिमुखीकरणमा सहभागी हुनुपर्ने व्यवस्था काउन्सिलले गरेको छ । 

पत्रकार आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई काउन्सिलले कक्षामा सहभागी गराउँदै आएको छ ।रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  २१:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro