site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मोही हक माग्दै स्वर्गद्वारी गुठीपीडित माइतीघरमा (तस्बिरहरू)

काठमाडौं । स्वर्गद्वारी गुठीपीडित मोही किसानले काठमाडौंमा आन्दोलनसहित धर्ना सुरु गरेका छन् ।

दाङ देउखुरीबाट आएका स्वर्गद्वारी गुठीपीडित मोही किसानले आफ्ना विभिन्न माग राखेर आइतबार काठमाडौंको माइतीघरमा आन्दोलनमा उत्रिएका हुन् ।

दाङमा २०८० फागुन ७ बाट करिब १ महिना लामो आन्दोलन गरेर तत्कालीन सरकारसँग दुईबुँदे सम्झौता भए पनि हालसम्म उक्त सम्झौता सरकारले कार्यान्वयन नगरेपछि गुठीपीडित आन्दोलनका लागि काठमाडौं आएका हुन् ।

Argakhachi Cement Island Ad

सहमति भएका बुँदा कार्यान्वयन गर्न पटक–पटक सम्बन्धित निकायहरूमा धाउँदा पनि वास्ता नगरेका कारण संघीय राजधानी काठमाडौं आउनुपरेको स्वर्गद्वारी गुठीपीडित मोही संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले गुनासो सुनाए ।

दशकौँदेखि खनजोत गर्दै आएको जग्गाको स्वामित्व किसानहरूले नपाउँदा अन्यायमा भएको भन्दै आन्दोलनसहित धर्ना दिनुपरेको अध्यक्ष चौधरीले बताए ।

‘‘जबसम्म भोगचलन गर्दै आएको जग्गाको जग्गाको लालपुर्जा प्राप्त गर्दैनौँ तबसम्म हाम्रो आन्दोलन र धर्ना चलिरहनन्छ,’’ अध्यक्ष चौधरीले भने । 

विभिन्न माग लेखेका प्लेकार्ड, किसानले प्रयोग गर्दै आएका विभिन्न औजारसहित गुठीपीडित आन्दोलनमा उत्रिएका हुन् ।

472157781_1293793298406009_1447702711446174758_n-1738577966.jpg

474783824_925976919324529_5627565501277148943_n-1738577965.jpg

475489969_1024656356089958_962212467582593575_n-1738577965.jpg

475079870_944933731124191_2975235465710234570_n-1738577964.jpg

475500012_1157676849298685_7691987930516450124_n-1738577964.jpg

474157257_591429677111642_3389749241072053150_n-1738577964.jpg

475330824_9277183309008294_5881939345776315053_n-1738577964.jpg

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्