site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पौडेलले गरे वसन्त श्रवण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (माघ २१) बिहान विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक गएर वसन्त श्रवण गरेका छन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण समेत गरे ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले उपलब्ध गराएकोे बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका हुन् । वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ ।

राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । सरकारका उच्च अधिकृतका साथै सुरक्षा अंगका प्रमुखहरू पनि सहभागी भए ।

वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा–आराधना गर्ने गरिन्छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro