site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निर्माण व्यवसायीको दाबी भुक्तानी अब बाँकी छैन : अर्थमन्त्री पौडेल
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले अघिल्लो वर्षको भुक्तानी दिइसकेको बताएका छन् । आइतबार महिला आर्थिक पत्रकार संघ फेजाले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अघिल्लो सरकारले बोकाएको सबै भुक्तानी दायित्व वर्तमान सरकारले पूरा गरेको बताए ।

उनले अघिल्लो वर्षको दायित्व चालु आर्थिक वर्षको बजेटमार्फत भुक्तानी गर्नु पर्दा केही समय अप्ठेरो परे पनि अहिले अर्थ मन्त्रालयले त्यो दायित्व बेहोरेर अघि बढेको बताए । उनले अब निर्माण व्यवसायीको कानुनबमोजिमको बिल भुक्तानी सहजरूपमा दिन सक्ने अवस्थामा सरकार पुगेको बताए ।

उनले सरकारले निर्माण व्यवसायीहरूले कानुनसम्मतरूपमा दाबी गरेको भुक्तानी नरोकेको उल्लेख गरे । अर्थमन्त्री पौडेलले अघिल्लो वर्षको भुक्तानी सकेर विधिपूर्वक भुक्तानीका लागि आएका दाबीलाई सहजरूपमा निर्माण व्यवसायीहरूले पाउने अवस्था आएको बताए ।

उनले भुक्तानी दायित्वबाट सरकार बाहिर निस्किएको भन्दै अब निर्माण व्यवसायीहरूले भुक्तानी नपाएको गुनासो गर्नु सान्दर्भिक नदेखिने बताए ।

उनले सरकारले निर्माण व्यवसायीहरूले विधिपूर्वक गरेको दाबी भुक्तानी बाँकी नभएको र दाबी भए बाँकी नराख्ने प्रतिबद्धता जनाए । उनले बैंकहरूको महत्त्वपूर्ण हिस्सा घरजग्गा व्यवसायमा लगानी भएको बताए । उनले घरजग्गा कारोबार चलायमान हुन सक्दा समग्र अर्थतन्त्रमा परेको उल्लेख गरे । उनले मापदण्ड पूरा गरेर नै बैंकहरूले घरजग्गामा लगानी गरेको भन्दै घरजग्गा कारोबार गर्ने व्यवसायीलाई मात्रै गाली गरेर अर्थतन्त्र सुधारको जिम्मेवारी पूरा हुन नसक्ने बताए ।

उनले घरजग्गा कारोबारमा भएको समस्या समाधान निजी क्षेत्र र सरकारको साझा विषय भएकाले सबै मिलेर समाधान गर्न जरुरी देखिएको उल्लेख गरे ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro