site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनतामा राजनीतिक चेतना बढ्दै गयो : प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) चितवनले शनिबार आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा उनले देशभरि जनता, वामपन्थी र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाएको बताए ।

उनले भने, “माओवादी केन्द्रप्रति जनतामा ठूलो भरोसा बढेको छ ।”

अहिले पार्टीका वर्गीय संगठनलाई बलियो बनाउनतर्फ आफू लागेको अध्यक्ष प्रचण्डले बताए ।

त्यस अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का जिल्ला उपाध्यक्ष गंगा लामा, केन्द्रीय सल्लाहकार अरुण पीडित भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य कृष्णराज न्यौपानेसहितका नेता–कार्यक्रकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम दाहाल, जिल्ला संयोजक रामचन्द्र अधिकारीलगायत नेताले आफ्ना धारणा राखेका थिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro