site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधान संशोधनबारे प्रधानमन्त्री : गृहकार्यमा लागिक्यौँ, सबैलाई साथमा लिन्छौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि गृहकार्य भइरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले अन्य दललाई पनि संशोधनको गृहकार्यमा लाग्न आग्रह गरे ।

संविधान निर्माणको एक दशक पुगेको भन्दै ओलीले यसमा रहेका कमजोरीलाई अभ्यास र अनुभवका आधारमा सुधारका लागि तयार रहन आग्रह गरे ।

Dabur Nepal

“हामीले सुरुदेखि भन्दै आएका छौँ, संविधान देश र जनताको विकासका लागि साधन हो, साध्य होइन र संविधान असंशोधनीय विषय पनि होइन,” ओलीले भने, “हामीले यो संविधान बनाएको १० वर्ष भयो, अब यसको रिभ्यू गर्ने बेला आएको छ ।”

उनले संविधान संशोधनको विषय उठाउँदा कतिपयले पश्चगमनको आरोप लगाउन भ्याएको पनि स्मरण गरे । “हामीले यसो भन्दा कतिपयले पश्चगमनको आरोप लगाउन पनि भ्याए,” ओलीले भने, “आज तिनै शक्ति संविधान संशोधन गरेको खै भन्दै हिँडेको देख्दा उहाँहरूलाई पनि यो कुराको महसुस भएछ भनेर खुसी लागेको छ ।”

उनले वर्तमान सरकार संविधान बनेपछि कार्यान्वयनका क्रममा देखापरेका जटिलताको समीक्षा गरेर तदअनुकूलका कानुन निर्माणलाई प्राथमिकतामा राखेको बताए । त्यसकै लागि कांगेस र एमालेले विज्ञ सम्मिलित कार्यदल बनाएको भन्दै संविधानका विषयमा बृहत् छलफलमार्फत कार्यान्वयनका जटिलता पहिचान गर्ने बताए । सरकारमा रहेका र सरकार बाहिर रहेका दलहरूसँगको सदनमा समेत छलफल गरेर संशोधनको प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

“हामी स्पष्ट छौँ, मिलेका कुरामा साझा धारणा बनाइनेछ, नमिलेका विषयमा बहस र छलफल गरिनेछ,” ओलीले भने, “संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो । बहस, छलफलबाट साझा धारणा बनाइनेछ । त्यसैका आधारमा संशोधन प्रस्ताव गरिनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro