राजनीति

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले विश्वविद्यालयमा गुण्डागर्दी, तोडफोड, आगजनी, कुटपिट जस्ता अराजक गतिविधि गर्ने विद्यार्थीलाई तत्काल ‘रेष्टिकेट’ गर्न सुझाएका छन् । विश्वविद्यालयमा संगठित रूपमा यस्ता गतिविधि बढेको र समाधानका लागि सबै निर्मम हुनुपर्ने धारणा उनको छ ।
उनले कुनै विधार्थी संगठनका नाममा अराजक गतिविधि भए संगठनको नाम र संलग्नहरूको विवरण सार्वजनिक गर्न र पार्टी कार्यालयमा पठाइदिन समेत आग्रह गरेका छन् । “अराजक गतिविधिमा संलग्नहरूको अपराधसहितको प्रतिवेदन तयार गरी कानुनी कारबाहीका लगि नेपाल प्रहरीलाई पठाइदिनुहोस्,” उनले समाजिक सञ्जालमार्फत उपकुलपतिलाई सुझाएका हुन् ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२ १८:२७
प्रतिक्रिया दिनुहोस्