site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पाँचबुँदे ड्राफ्टमा अडिग छौँ : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा आफूहरूले उठाएका विषयलाई निष्कर्षमा नपुर्‍याइ नछाड्ने स्पष्ट पारेकी छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले भिजिट भिसा प्रकरण देशकै लागि निकै गम्भीर रहेकाले आफूहरूले उठाएका विषयलाई निष्कर्षमा नपुर्‍याइ नछाड्ने स्पष्ट पारेकी हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले यसमा राष्ट्रिय सहमति खोज्नका लागि नै रास्वपाले पाँचबुँदे ड्राफ्ट तयार पारेर छलफलमा लगे पनि सत्तारूढ दल नमानेको धारणा राखे । माओवादीले ल्याएको ड्राफ्ट आफूहरूको सरोकारको विषय नभएको भन्दै उनले आफूहरू पाँचबुँदे ड्राफ्टमा अडिग रहेको उल्लेख गरिन् । "हामी पाँचबुँदे ड्राफ्टमा अडिग छौँ, माओवादीले ल्याएको ड्राफ्ट हाम्रो सरोकारको विषय होइन," उनले भनिन् ।

उनले रास्वपाले सदन अवरुद्ध गरेको नभइ जनताको मुद्दा समाधान गर्नका लागि बाटो खोजिरहेको तर्क गरिन् । 

 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्