site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
०८० को दशकलाई समृद्धिको बनाऔँ : प्रधानमन्त्री ओली (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८० को दशकलाई समृद्धिको बनाउन प्रस्ताव गरेका छन् । संघीय संसद्को हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा शुक्रबार उनले समृद्धि हासिल गर्ने अभियानमा सहकार्य गर्न दलहरूलाई आग्रह गरे ।

“सभमुख मोहदय,  यस सदनमा मैले दिल खोलेर आफ्नो कुरा राखेको छु । म चाहन्छु, ८० को दशक हाम्रासामु समृद्धिका लागि सहकार्यको दशक बनोस्,” प्रधानमन्त्री ओलीले भने, “अबको दशकलाई दिगो आर्थिक विकास, समृद्धि र सामाजिक रूपान्तरणतर्फको यात्रा तय गर्ने अवसका रूपमा लिन सकौँ ।”

उनले ८० को दशक समृद्धिमा केन्द्रित रहने बताए । “०४६ सालपछि हामीले तीन दशक बितायौँ । ०५० को दशक अन्योलमा बितायौँ, यसलाई बहुदलीय व्यवस्थाविरुद्ध हिंसाको दशक पनि भन्न सकिन्छ । यो दशक राजनीतिक अस्थिरता, गन्जागोल र अन्योलले भरिएको दशक थियो,” उनले भने, “०६० को दशकलाई गणतन्त्र स्थापना र संक्रमणकालको दशक भन्न सकिन्छ । यो दशकले नयाँ संविधान निर्माणको प्रयास गर्‍यो ।”

उनले ०७० को दशक संक्रमणको अन्त्य, संविधान निर्माण तथा समृद्धिको आधार निर्माणको दशक भएको बताए । “यस दशकमा भूकम्प र नाकाबन्दीले सिर्जना गरेका बाधाहरू पन्छाउँदै संविधान कार्यान्वयन गर्ने कानुनहरू बनाउने र दूरगामी महत्त्वका पूर्वाधार निर्माणका काम भए,” उनले भने, “संविधान कार्यान्वयन गर्ने, भूकम्पपछिको पूर्वाधार निर्माण गर्ने, स्थायित्व कायम राख्ने र शान्ति प्रक्रियालाई संस्थागत गर्ने दशकको रूपमा यसलाई लिन सकिन्छ ।” 

प्रधानमन्त्री ओलीले ०८० को दशकलाई खेर नफाल्न आग्रह गरे । यसलाई समृद्धिको दशक बनाउन स्थिरता दिनुपर्ने उनको भनाइ थियो ।

उनले समृद्धि हासिल गर्न र तीव्र गतिमा अघि बढ्न ऐन र कानुनलाई जहाँ जे आवश्यक हुन्छ, त्यो संशोधन गर्दै सुधार गरेर जानुपर्ने बताए । संविधानका आवश्यक सुधारमा पनि गलत व्यारख्या नगर्न उनले दलहरूलाई आग्रह गरे ।

पूर्णपाठ पढ्नोस्–

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro