site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अध्यादेशको विरोध गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । उनले सरकारले मुठीभर व्यक्ति र व्यवसायीहरूको लागि सरकारले काम गरिएको भन्दै त्यसको विरोधमा संर्घषका कार्यक्रमहरू गर्ने तयारी गरेको उल्लेख गरे ।

उनले सरकारले अध्यादेशमार्फत कालोबजार ऐनलाई तोडमोड गरी २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन खारेज गरेको बताए । सरकारकै कारण बजारमा सिमेन्टलगायत अन्य वस्तुहरूको मूल्यवृद्धि भएको उल्लेख गरे ।

उनले भने, "सरकारले ल्याएको अध्यादेश जस्तो देखिन्छ । तर कालोबजार ऐनलाई तोडमोडल गर्‍यो । २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन खारेज गर्नेबित्तिकै बजारमा सिमेन्टको मूल्य उच्च रूपमा बढेको छ । मुठीभर व्यक्ति र व्यवसायीहरूको लागि सरकार लागि परेको हुनाले त्यसको विरुद्धमा पार्टी जानुपर्छ भनेर लागेको छ । भूमिहिन किसानलाई घरवासको व्यवस्था गर्नुपर्छ भनेर संविधानले व्यवस्था गरेको छ । संरक्षित क्षेत्रका जमिनहरू समेत सरकारको नाममा ल्याएर त्यो जग्गालाई व्यक्ति, समूह  र उद्योगलाई  दिने खेल भएको छ । गिरिबन्धु जस्ता जग्गालाई वैद्य बनाउने कामको विरोध गर्नेछौँ ।"

उनले नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारले ल्याएको अध्यादेशको सदन र सडक दुवैबाट विरोध जनाउने निर्णय भएको पनि बताए । उनले सरकारले संरक्षित क्षेत्रका जमिनहरू समेत सरकारको नाममा ल्याएर त्यो जग्गालाई व्यक्ति, समूह र उद्योगलाई दिने र गिरिबन्धु जस्ता जग्गालाई वैध बनाउने कामको विरोध गर्ने निर्णय भएको उल्लेख गरे ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro