site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
२५ हजार पारिश्रमिक सिफारिस गरेपछि चिकित्सकहरू आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी

काठमाडौं । निजी कलेजमा स्नातकोत्तर अध्ययनरत चिकित्सकहरूको पारिश्रमिकबारे मन्त्रीहरूले गरेको सिफारिसलाई लिएर विरोध भएको छ ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले मंगलबार विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र निर्णय नसच्चिए अत्यावश्यकबाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

सोमबार स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीको बैठकले निजी मेडिकल कलेजमा स्नातकोत्तर अध्ययन गर्ने आवसीय चिकित्सकको निर्वाह भत्ताबारे सिफारिस गर्ने निर्णय गरेको थियो । सिफारिसअनुसार, पारिश्रमिक कम्तीमा पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छात्रवृत्ति निर्देशिका अनुसार, निर्देशिका प्रदान गर्ने र निःशुल्क अध्ययन गर्न चाहे विद्यार्थीलाई अध्ययनपछि दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियत गरी सेवा गर्नुपर्ने उल्लेख छ । 

यी दुवै निर्णय आफूहरूलाई अस्वीकार्य भएको संघर्ष समितिले जनाएको छ । स्वास्थ्य र शिक्षा दुवै मन्त्रीका तर्फबाट पारिश्रमिकबारे गरिएको सिफारिसले सबै नेपाली चिकित्सकहरूको अपमान भएको समितिको ठहर छ ।

स्नातकोत्तर (पीजी) कार्यक्रम पूर्णरूपमा निःशुल्क गर्न र पीजीका आवासीय चिकित्सकको निर्वाह पारिश्रमिक न्यूनतम सरकारीसरह कायम गर्न उनीहरूको माग छ । 

उनीहरूले पीजी कार्यक्रम बोन्डरहित (दुई वर्ष आबद्ध हुनैपर्ने व्यवस्था हुनु नहुने) बनाउन पनि माग राखेका छन् । निर्णय नसच्चिए अन्तिम लडाइँका निम्ति आन्दोलनमा उत्रिने समितिको चेतावनी छ । समितिले आज चिकित्सा शिक्षा आयोग घेरा गर्ने कार्यक्रम राखेको छ ।

Bigyapti-(2)-1738048515.jpg

Bigyapti-(1)-1738048515.jpg

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro