site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजार दोहोरो अंकले घट्यो, झन्डै नाै अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार परिसूचक १० अंकले घटेकोे छ । सोमबारको कारोबारमा १०.६१ अंक घटेको हो । यससँगै बजार २६३३.३२ विन्दुमा कायम छ ।

१०५ कम्पनीको सेयर मूल्य बढेको छ । १२९ कम्पनीको सेयर मूल्य घटेको छ । नाै कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

कारोबारतर्फ ८ अर्ब ९२ करोड ४० लाख रुपैयाँ ६५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । एक करोड ७२ लाख ५३ हजार ६७६ कित्ता सेयर ८७ हजार ५६४ पटकमा खरिद–बिक्री भएको थियो ।

ङादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । जानकी फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, बोट्लर्स नेपाल (बालाजु) लिमिटेड शीर्ष कमाउनेमा परे ।

सिन्धु विकास बैंक, सप्तकोसी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, हिमालयन रिस्योरेन्सको सेयर उच्च खरिद बिक्री भएको छ ।

समूहगत उपसूचकतर्फ बैंकिङ, होटेल, लगानी, जीवन बिमा, म्युचअल फण्ड,निर्जीवन बिमा, व्यापार तथा अन्य सूचक घटेका छन् । बाँकी समूहको सेयर मूल्य बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro