राजनीति
![न्याय परिषद्को सदस्यमा प्रस्तावित खड्काकाे संसदीय सुनुवाइ २० माघमा](https://12khari.top/uploads/posts/Khadka-1737966071.jpg)
काठमाडौं । न्याय परिषद्को सदस्यमा प्रस्तावित दामाेदर खड्काकाे संसदीय सुनुवाइ माघ २० गतेमात्र हुने भएको छ । आज बसेको सुनुवाइ समितिको बैठकले २० माघ दिउँसो ३ बजे खड्काको सुनुवाइ गर्ने निर्णय गरेको हो ।
एमालेकाे संसदीय दलकाे बैठक र संसद्का कारण माघ २० गते सुनुवाइ हुन लागेकाे हाे । खड्काविरुद्ध कुनै उजुरी परेकाे छैन ।
२७ पुसमा बसेको नेपाल बार एसोसिएसनको बैठकले खड्काको नाम सिफारिस गरेको थियो ।
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१ १४:०६
प्रतिक्रिया दिनुहोस्